जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १६:२४

देशभर थपिए १२४६ जना कोरोना संक्रमित


काठमाडौं, असोज १

नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १२४६ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५९ हजार ५७३ जना पुगेको छ । आज १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १२४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ । संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ८ हजार ३३८ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ८८३ रहेको छ ।