जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १३:५७

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप : यस्तो छ ट्रम्पबारे पीडित महिलाको बयान


वासिङ्टन डिसी, असोज १ । चुनावको मुखैमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पमाथि एक महिलाले यस्तो आराप लगाएकी हुन ।

अमेरिकी पूर्वमोडेल एमी डोरिसले आजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । डोरिसले बिहीबार बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा आफूमाथि यौन दुर्व्यवहार गरेका थिए ।

त्यसबेला एमी डोरिस आफ्ना प्रेमीको साथमा उक्त खेल हेर्न पुगेकी थिइन । गार्जियनमा प्रकाशित समाचार अनुसार एमीका प्रेमी ट्रम्पका साथी समेत थिए छ । डोरिसले त्यसबेला आफूलाई ट्रम्पले बाथरुमबाहिर समातेर तानेको बताएकी छन् । डोरिस ट्रम्पबाट उम्किन खोजिरहेका बेला ट्रम्पले जबर्जस्ती उनको घाँटीमा जिब्रो पुर्याएका थिए ।

‘उनले एकदमै बलियो गरी समाएका थिए, उनी निश्चित केटाहरु जस्ता देखिन्थे, जो आफूले चाहेको जेसुकै गर्न स्वतन्त्र होस । जब कि, म त्यहाँ प्रेमीको साथमा थिएँ,’ डोरिसले भनेकी छन् । उनले त्यस घटनाले आफूलाई बिरामी र हिंस्रक बनाइदिएको प्रतिक्रियासमेत दिएकी छन् ।