जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १६:२०

देशभर थपिए २०२० जना कोरोना संक्रमित, कुल संख्या ६१५९३ पुग्यो


काठमाडौं, असोज २

नेपालमा पछिल्लो २४ घण्टामा २०२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४५८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २०२० जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ६१ हजार ५९३ जना पुगेको छ । आज १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ८ हजार ८८ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ७३६ रहेको छ ।