जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १६:२५

२४ घण्टामा ८७१ जनाले जिते कोरोना : ७१.१% लाई स्वास्थ्यलाभ (प्रदेशगत सूचीसहित)


काठमाडौं, असोज २

नेपालमा पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या ४३ हजार ८२० पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ३८४७, प्रदेश २ मा ११९००, बागमति प्रदेशमा ९७७१, गण्डकी प्रदेशमा २५३४, प्रदेश ५ मा ६९६०, कर्णाली प्रदेशमा २६५७ र सुदुरपश्चिम प्रदेशमा ६१५१ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७१.१ प्रतिशत रहेको उहाँले बताउनुभयो ।