जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १६:३३

कोरोनाका कारण ३९० ले गुमाए ज्यान, आज मात्रै ७ जनाको मृत्यु


काठमाडौं, असोज २

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २ महिला र ५ जना पुरुषसहित ७ जनाको मृत्यु भएको हो ।