जनता टाइम्स

३ आश्विन २०७७, शनिबार १६:२५

२४ घण्टामा थपिए १२ सय ४ जना कोरोना संक्रमित, १७१२९ पुग्यो सक्रिय संक्रमित संख्या (भिडियोसहित)


काठमाडौं, असोज ३ । नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित कोभिड अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको छ ।