जनता टाइम्स

३ आश्विन २०७७, शनिबार १६:५०

काठमाडौं उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित


काठमाडौं, असोज ३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ५ सय ७० जनासहित उपत्यकामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका हुन ।स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ८३ जना र ललितपुरमा ५८ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।