जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १६:३१

काठमाडौंमा ६०२ सहित उपत्यकामा मात्रै थपिए ७६७ संक्रमित


काठमाडौं, असोज ४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ६०२ जनासहित उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।