जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १६:२८

आज ९६६ जनाले जिते कोरोना, हालसम्म ४६ हजार २३३ जनाले लिए स्वास्थ्यलाभ (प्रदेश सूचिसहित)


काठमाडौं, असोज ४

नेपालमा पछिल्लो २४ घण्टामा ९६६ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या नेपालमा ४६२३३ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४१०९, प्रदेश २ मा १२२३३, बागमति प्रदेशमा १०९४१, गण्डकी प्रदेशमा २७०९, प्रदेश ५ मा ७२०९५, कर्णाली प्रदेशमा २७०४ र सुदुरपश्चिम प्रदेशमा ६२४२ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।