जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १६:२३

२४ घण्टामा देशभर थपिए १३२५ कोरोना, संक्रमित संख्या ६४१२२ पुग्यो


काठमाडौं, असोज ४

नेपालमा पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १३२५ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ६४ हजार १२२ जना पुगेको छ । आज १७ हजार ४७८ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ८ हजार ४०७ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ४५१ रहेको छ ।