जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १६:२०

देशभर थपिए ११५४ कोरोना संक्रमित, संक्रमित संख्या ६५ हजार नाघ्यो


काठमाडौं, असोज ५

नेपालमा पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ११५४ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ६५ हजार २७६ जना पुगेको छ । आज १७ हजार ६११ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १००५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ८ हजार ६९० जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार ४०३ रहेको छ ।