जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १६:२६

२४ घण्टामा उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित


काठमाडौं, असोज ५

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ५३८ जनासहित उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर ११५४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।