जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १६:२१

१११५४ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५६ मा कोरोना संक्रमण पुष्टि, ६६६३२ पुग्यो कुल संख्या


काठमाडौं, असोज ६

नेपालमा पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १५४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १३५६ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ६६ हजार ६३२ जना पुगेको छ । आज १८ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ८ हजार ९४९ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ७ हजार १७१ रहेको छ ।