जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १६:२६

वाह ! ७३.७% संक्रमितले जिते कोरोना (सूचिसहित)


काठमाडौं, असोज ७

नेपालमा पछिल्लो २४ घण्टामा १८९३ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या नेपालमा ४९ हजार ९५४ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४५१६, प्रदेश २ मा १२७६०, बागमति प्रदेशमा १२८१२, गण्डकी प्रदेशमा २९४१, प्रदेश ५ मा ७७७५, कर्णाली प्रदेशमा २७८२ र सुदुरपश्चिम प्रदेशमा ६३६८ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७३.७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।