जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १६:२९

५० हजार बढीको उपचार सफल (प्रदेशगत सूचिसहित)


काठमाडौं, असोज ८

नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या नेपालमा ५० हजार ४११ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४६००, प्रदेश २ मा १२८०५, बागमति प्रदेशमा १३०७२, गण्डकी प्रदेशमा २९४८, प्रदेश ५ मा ७८२५, कर्णाली प्रदेशमा २७९१ र सुदुरपश्चिम प्रदेशमा ६३७० जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७२.७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।