जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १६:३४

कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु, मृतक संख्या ४५३ पुग्यो


काठमाडौं, असोज ८

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १७ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५ महिला र १२ जना पुरुष सहित १७ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।