जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १४:४९

काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा : कुन वडामा कति छन संक्रमित ? (सूचीसहित)


काठमाडौं, असोज ९ । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै बढेर गएको छ । काठमाडौं महानगरपालिकाले दिएको तथ्यांकअनुसार हाल वडा नं. ३ महाराजगञ्जमा ४ सय ३४ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ४ सय ४७ जना, वडा नं. १३ कालिमाटीमा ४ सय १६ र वडा नं. १४ कलंकीमा ३ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महानगरपालिकाका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नं. १५ रहेको छ । सो वडाको स्वयम्भू र आसपासको क्षेत्रमा बढी नै संक्रमित फेला परेका छन । सो वडामा ६ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नं. १६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ४ सय ९४ जना, वडा नं. २८ पुरानो बसपार्कमा ३ सय ६० जना र वडा नं. ३२ कोटेश्वरमा ३ सय ९९ जनामा संक्रमण देखिएको छ । महानगरपालिकाका अनुसार महानगरभित्रको ठेगाना नखुलेका ३ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।