जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १६:२८

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ संक्रमित


काठमाडौं, असोज ९

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ५०३ जनासहित उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना रहेका छन । पछिल्लो २४ घण्टामा देशभर १३१३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।