जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १६:२५

५१ हजार ८६६ जनालाई स्वास्थ्यलाभ, कुन प्रदेशमा कति ?


काठमाडौं, असोज ९

नेपालमा पछिल्लो २४ घण्टामा १४५५ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४५५ जना कोरोना जितेर डिष्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा डिष्चार्ज भएकासँगै कोरोना जित्नेको कुल संख्या नेपालमा ५१ हजार ८६६ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ४७१७, प्रदेश २ मा १२८७३, बागमति प्रदेशमा १३९१६, गण्डकी प्रदेशमा ३०२४, प्रदेश ५ मा ८०७३, कर्णाली प्रदेशमा २८१८ र सुदुरपश्चिम प्रदेशमा ६४४५ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । आजसम्म डिष्चार्ज हुनेको संख्या ७३.४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।