जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १६:२०

१३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७० हजार नाघ्यो


काठमाडौं, असोज ९

नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २६२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ७० हजार ६१६ जना पुगेको छ । आज १८ हजार २८९ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १४५५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५१ हजार ८६६ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १० हजार ५२ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ४६४ रहेको छ ।