जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १६:५०

२४ घण्टामा थपिए १२ सय ७ जना कोरोना संक्रमित


काठमाडौं, असोज १०

पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना संक्रमण पष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १२ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पिसिआर परीक्षण गरिएको छ । सो संख्यामा पिसिआर परीक्षण गर्दा १२ सय ७ जनामा पोजेटिभ नतिजा आएको हो । नेपालमा आजसम्म ९ लाख ७८ हजार २ सय ४ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।