जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १७:०३

२४ घण्टामा ११ सय ४७ जना संक्रमित डिष्चार्ज : ७३ दशमलव ८ प्रतिशत पुग्यो कोरोना जित्नेको संख्या


काठमाडौं, असोज १० । पछिल्लो २४ घण्टामा ११ सय ४७ जनाले कोरोनासँगको लडाईं जितेका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताप्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका अस्प्तालमा उपचाररत ११ सय ४७ जनाले कोरोना जितेर घर फर्किएका हुन ।

पछिल्लो २४ घण्टामा घर फर्केनको यो संख्यासँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो। पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।