जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १८:०५

थपिएका ६०% संक्रमित काठमाडौं उपत्यकावासी


काठमाडौं, असोज १० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८३ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७८ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाको संख्इा ६० प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ७ जनासहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ६७ जनाको ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।