काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीले किचेर जेब्राक्रसिङमा बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको छ । पूर्वमन्त्री खडकाले असोज ७ गते जेब्राकसिङमा ठक्कर दिएको हो ।
प्रहरीका अनुसार असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते भएका थिए । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिएर कुल्चिएको कार्कीका आफन्त समेत रहेका अनेरास्ववियूका नेता किरण देउजाले जानकारी दिनुभयो ।
खड्काको गाडीले किचिएकी अनुपाको सोही दिन दिउँसो २ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको थियो । पूर्वमन्त्री खड्काले जेब्राक्रसिङमा मान्छे किचेर भागेका थिए । प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए तर अनुपालाई जोगाउन सकिएन । खडकाले घाइतेको उद्धार गरेको भए बचाउन सकिने अवस्था रहे पनि ठक्कर दिएर गम्भीर अवस्थामा छाडी भागेको परिवारको भनाई छ । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उहाँका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्