जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १६:३०

काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित


काठमाडौं, असोज ११

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ८०९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा १०४ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा विभिन्न देशभर १५७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनसार पछिल्लो २४ घन्टामा उक्त संख्या थपिएसँगै संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी संक्रमित जिल्ला हाल मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।