जनता टाइम्स

१२ आश्विन २०७७, सोमबार १६:३१

काठमाडौं उपत्यकामा थपिए ८१७ नयाँ संक्रमित


काठमाडौं, असोज १२

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ८१७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा विभिन्न देशभर १३५१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनसार पछिल्लो २४ घन्टामा उक्त संख्या थपिएसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पाँच सय बढी संक्रमित जिल्ला हाल मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।