काठमाडौं, असोज १२
पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १३५१ जना संक्रमित थपिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा ९ लाख ९८ हजार ४०७ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७४५ जना पुगेको छ । आज १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १० हजार ९२९ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ३१० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्