जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १७:४४

जाजरकोटमा यात्रुबहाक जीप खोलामा खस्यो : पाँचको मृत्यु, दुई गम्भीर घाइते


काठमाडौं, असोज २१ । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी दुई जना बेपत्ता भएका छन ।

प्रहरीका अनुसार सदरमुकाम खलङ्गाबाट आज बिहान गएको यात्रुवाहक जीप दिउँसो जुनीचाँदे १ काप्रामा सडकबाट तल खोलामा खसेको थियो । जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएका हुन ।

दुर्घटनाको खबर आउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । प्रहरी घटनास्थलमा पुगेपछि घटनाको विस्तृत विवरण आउने उहाँको भनाइ छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन ।