पाँचथर, असोज २२
याङवरक गाँउपालिकामा बुधबार बिभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन । नेपालि कांग्रेस लगायत बिभिन्न पार्टीमा आवद्ध क्रियाशील सदस्य तिलबहादुर राई लगायत ४१ जना नेकपा प्रवेश गर्नुभएको हो । याङवरक नेकपा पार्टी संगठन अध्यक्ष नरबहादर गुरुङका अनुसार नवप्रवेशीहरुमा कांग्रेसबाट याङवरक ३ का प्रकास राई, नेत्र कट्टेल, देवि कट्टेल, दलबहादुर राई लगायत २६ जना रहनुभएको छ ।
त्यस्तै, वडा ४ बाट मोहन योङयाहाङ, चन्दबहादुर दर्जी, जगलाल सिवा, मौसम योङहाङ लगायत १५ जना नेकपामा प्रवेश गर्नुभएको हो । नवप्रवेशीहरु वडा नम्बर ३ मा कांग्रेस र वडा ४ मा ओयामका राप्रपा, लिम्बुवान, जनतासमाज पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको संगठन सचिव महेन्द्र योङयाले बताउनुभयो । जिल्ला अध्यक्ष राकुमार भण्डारी, प्रदेस सदस्य कमल जवेगु, पार्टी सचिव होम जवेगु लगायतले नवप्रवेशीहरु लाई स्वागत गर्नुभएको थियो ।
त्यस्तै केहि दिन अघि याङवरक पालिका थर्पुबाट नेकपाका मुकेस ठटाल सहित, भानुभक्त पोखरेल, मनकुमार दाहाल, पुर्णबहादुर दाहाल, बिकास दाहाल, लगायतका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । कांग्रेसका जिल्ला प्रवक्ता बालकृष्ण ओझाका अनुसार नवप्रवेशीहरुलाई कांग्रेस जिल्ला सभापति नरेन्द्र केरुङ, उपसभापति मित्रप्रसाद काफ्ले, प्रवक्ता बालकृष्ण ओझा लगायत जिल्ला कार्यसमितिका सदश्यहरुको उपस्थितिमा स्वागत गरेको जनाइएको छ । पछिल्लो समय जिल्लामा पार्टी प्रवेशको लहर चल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्