जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १५:०३

वडा सदस्यका छोरा गाँजासहित पक्राउ


पर्सा, असोज २२

जिल्ला प्रहरी कार्यालय पर्साले पटेर्वासुगौली गाउँपालिका– ५ देउरियाबाट भारी मात्रामा लागूऔषध गाँजासहित वडा सदस्य दुखी ओझैयाका छोरा राज ओझैयालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले वडा सदस्य ओझैयाको घरमा छापा मार्दा लुकाईछिपाई राखेको अवस्थामा १ सय ३१ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त बरामद गाँजा र ओझैयालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले जनाएको छ । यस अघि प्रहरीले जिराभावानी गाउँपालिका–४ सुपौलीका वडाध्यक्ष सुवाष चौधरी थारुका छोरा शशिकान्त चौधरीलाई पनिलागूऔषधसहित पक्राउ गरेको थियो ।

उनि सरकारी नम्बर प्लेटको मोटरसाईकल प्रयोग गरेर प्रतिबन्धत लागूऔषध ४० थान, कोटिन फलेक्ट पी सीरप ८ थान, र स्टाम्पो २ थानसहित पक्राउ परेका थिए । ग्रामिण क्षेत्रबाट ब्यापक गाँजा, चरेस, अफिम जस्ता लागूऔषधको तस्करी फस्टाएको छ ।