जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १६:०८

अनुमति बिना प्रहरीको पोशाक प्रयोग गरे कारवाही


काठमाडौं, असोज २२

नेपाल प्रहरीले आफ्नो अनुमति बिना पोशाक प्रयोग गरेको भन्दै सचेत गराएको छ । विभिन्न चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै सचेत गराएको हो ।

बिहीबार सूचना प्रकाशित गरी प्रधान कार्यालयले अनधिकृत रुपमा प्रहरीको पोसाक दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ । प्रहरीले प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराएको छ ।

यस्तै, स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइएको छ ।