जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १२:०९

परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेल


काठमाडौं, असोज २३

सरकारले परराष्ट्र मन्त्रालयको सचिव भरत पौडेल हुनु भएको छ । परराष्ट्र सचिव रहेका शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएपछि मन्त्रालयमा सचिव खाली रहेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हाल्नु भएको छ ।

बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाउनु भएको थियो । पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता हुनुहुन्थ्यो ।