जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १२:४७

चल्दै छ विकास निर्माण : भोजपुर–टक्सार सडक कालोपत्रे शुरु


भोजपुर, असोज २३

आर्थिक वर्ष शुरु भएको तीन महिना मै प्रदेशमा सडक कालोपत्रे गर्ने कार्य शुरु भएको छ । यसक्रममा भोजपुर– टक्सार एयरपोर्ट सडक कालोपत्रे शुरु भएको हो । प्रदेश –१ सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु गरेको छ ।

यसैगरी, कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्ष सम्पन्न हुन नसकेर कैलालीको टीकापुरमा सडक बनाउदै छन् । यस वर्ष बन्दै गरेका सडक कालोपत्रे कार्यको टीकापुर नगरपालिकाका उपप्रमुख केशरी रावल विष्टको टोलीले अनुगमन गरेको छ । टीकापुरका ९ वटै वडामा १÷१ सडक गौरवका योजनाअन्तर्गत कालोपत्रे भइरहेका छन् ।