जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १५:२०

सेक्स गर्न नमान्दा गर्लफ्रेण्ड छाडने, श्रीमती चाँहि भर्जिन नै चाँहिने ?


यदी बिबाह अगाडि सेक्स चाहानेले किन भर्जिन श्रीमती चाहानु ? आफ्नो आमा दिदिबहिनी आफ्नो माइ लभ, माइ हर्ट भए जस्तै अरु नारी पनि कसैको दिदिबहिनी आमा हुन । आफ्नो दिदिबहिनीको शरीर जस्तै अरुको दिदिबहिनीको, आमाको नि एउटै शरीर हुन्छ । अध्यारो र एकान्तमा तिमी उनीहरुको डर र त्रास हैन, सुरक्षा बनिदेउ ! प्रिय पुरुष ! ‘प्लिज नो मोर रेप ।’

प्रिय पुरुष !

यदी गर्लफ्रेण्डले सेक्स गर्न मानिन भने गर्लफ्रेण्ड नै छोडछौ तर भविष्यको श्रीमती चाहिँ भर्जिन नै चाहन्छौ । आफ्नी आमालाई चाहिँ ‘माइ लभ ‘रे, अरुको आमालाई उफ क्या दामी आन्टि रे ! आफ्नो दिदिबहिनी मुटुको टुक्रा रे, अरुको दिदिबहिनी ‘क्या माल’ छ यार रे ! सब साथीको श्रीमतीको फिगरमा आँखा पुर्याउनेले मेरो श्रीमतीमा कसैको आँखा नपरोस रे ! यदी बिबाह अगाडि सेक्स चाहानेले किन भर्जिन श्रीमती चाहानु ? आफ्नो आमा दिदिबहिनी आफ्नो माइ लभ, माइ हर्ट भए जस्तै अरु नारी पनि कसैको दिदिबहिनी आमा हुन । आफ्नो दिदिबहिनीको शरीर जस्तै अरुको दिदिबहिनीको, आमाको नि एउटै शरीर हुन्छ । अध्यारो र एकान्तमा तिमी उनीहरुको डर र त्रास हैन, सुरक्षा बनिदेउ ! प्रिय पुरुष ! ‘प्लिज नो मोर रेप ।’

यी भावना राखिरहँदा मेरा धेरै प्रिय पुरुष साथीहरुको मन दुख्न सक्छ । मैले सवैलाई यस्तो भनेको होइन, जो जससँग मेल खान्छ, उहाँहरुका लागि मात्रै हो । आमा दिदीबहिनी सवैका भएजस्तै पुरुष पनि सवै एकै हुन्नन । अर्काका आमा दिदीबहिनीलाई आफ्नै आमा दिदीबहिनी ठान्नेहरुको संख्या नै अधिक छ । तर एकाध ब्यक्तिको नजर वा बासनाले यतिबेला महिला आतंकित हुनुपरेको छ, बलात्कार जस्ता आपराधिक घटना बढिरहेको छ । त्यसैले मैले प्रिय पुरुष नो मोर रेप अर्थात अव बलात्कार गर्न छाडिदेउ भन्ने शब्द प्रयोग गरेको हो ।

सही र गलतको परिभाषा संस्कृती–संस्कृतीबीच, ठाउँ–ठाउँबीच वा धर्म–धर्मबीच फरक होला तर बलात्कार अपराध हो भनेर हरेक संस्कृति, ठाँउ र धर्मले भन्छ, मान्छ । तर पनि फेरि ती हरेक ठाँउमा पटक पटक महिला बलात्कृत हुनुपरेको छ, डर, त्रासमै जीवन बिताउनु परेको छ महिलाले । कहिले हो आफ्नो खुसीले छाती चौडा बनाएर हिंड्न पाउने ? कतिपयले भन्लान् ‘हामी मानिसमै त्यो गुण पर्यप्त उत्तेजना र अवस्था सुनसान र एक्लो नारी देख्ने बितिकै हरेकमा यस्तो सोच आउँछ र उत्तेजना भयेपछि प्रतिक्रिया पक्कै हुन्छ ।’

त्यो त मानिसमा होइन, जनावरमा मात्रै हुनु पर्ने होइन र ? पुरुष त महिलाको साहारा बन्नु पर्ने होइन र ? संसारभरीमा जीव जनावरमध्ये मानिसमा मात्र होइन चेतनाको विकास भएको ? तर पनि हाम्रो समाजमा अझै किन आफ्नो बाहेक अरु महिलालाई बजारको बस्तु सम्झिने काम भइरहेछ ? कहिलेसम्म तेजाबको जलन सहनु पर्ने ? कहिलेसम्म हामी बालात्कृत भइरहनु पर्ने ? यस्को जवाफ कस्ले दिन्छ ?

यतिबेला जताततै बलात्कारको समाचार सुन्दा सुन्दा आफै त्रसित हुनुपर्ने अवस्थामा पुगिएको छ । कतै मेरो परिवारमै यस्तो त्रासदीपुर्ण घटना त हुन्न भन्ने तनामा नेपाली नारीहरु रहनुपरेको छ । पछल्लो समय नारीलाई केवल सेक्सको साधनका रुपमा ठान्ने रोग मौलाउँदा यस्ता घटनाहरु बढिरहेको पाइन्छ । मानिसको अत्यावश्यक चिजमध्ये एउटा सेक्सलाई नि लिनु त पर्छ तर यस्को मतलव पुरुषलाई जति बेला मन लाग्यो, त्यत्तिबेला, जहाँ मन लाग्यो, जहाँ भेट्यो त्यही महिलाको शरीरमाथि झम्टिने त पक्कै होइन । सेक्स चाहिन्छ भन्नुको अर्थ महिलाको इच्छाबिपरित पुरुषको चाहना पूरा गर्नु वा एउटी नारीमाथि तीन-चार जना पुरुष जाइलाग्नु पनि होइन ।

यति भनिरहदा सबै पुरुषलाई गलत पनि भन्न मिल्दैन । सबै ठाउँमा गलत पुरुष मात्र भन्ने होइन, कतिपय ठाउँमा महिलाले पनि अविवेकपुर्ण काम गरेका होलान । तर महिलाले पुरुष बलात्कार गरेको त कतै सुनिएको छैन । त्यसैले फेरि पनि मेरो आग्रह छ, प्रिय पुरुष, ‘नो मोर रेप ।’