काठमाडौं, असोज २४
नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । असोज १९ गते बस्ने भनिएको बैठक कोरोना संक्रमणका कारण २५ गतेका लागि सारिएको थियो ।
पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको २३ असोजमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अर्को बैठक कहिले बस्ने भनेर विज्ञप्तीमा उल्लेख गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्