जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार १८:०६

यसकारण बढे काठमाडौं उपत्यकामा कोरोना संक्रमित


काठमाडौं, असोज २४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६ सय ७२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामा थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्रै २१ सय जना रहेका छन । यस्तै ललितपुरमा ३ सय ६९ जना र भक्तपुरमा २ सय ३ जना नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य मापदण्डको पालना नगरेको तथा मास्कसमेत नलगाई हिडने गरेको कारण काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको जनस्वास्थ्यविदको भनाई छ ।  पछिल्लो चौबीस घण्टामा मुलुकभर ५ हजार ८ जना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार १९ हजार ३ सय २० जनाको टीपीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एक हजार २ सय २९ जना संक्रमितले कोरोनासँगको लडाई जितेका छन ।