काठमाडौं, असोज २५
महिलामाथी यौनजन्य हिंसा र दुव्र्यवहार बढ्न थालेपछि प्रहरीले ‘सेफ्टी पिन अभियान’ पुन शुरु गरेको छ । प्रहरीले यसअघि पनि यस्तो अभियान सफलतापूर्वक संचालन गरेको थियो ।
महानगरीय प्रहरी कार्यालयले महिला–बालबालिकामाथि हुने यौनजन्य हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न उपत्यकाका तीनवटै जिल्लामा ‘सेफ्टी पिन अभियान’ अन्तर्गत सादा पोसाकका प्रहरीलाई सक्रिय बनाएको जानकारी दिएको छ ।
बलात्कार र महिला हिंसाजन्य अपराधका घटना एकपछि अर्को सार्वजनिक हुन थालेपछि प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई ठाउँको ठाउँ पक्रन यस्तो अभियान चलाएको हो । अभियानअन्तर्गत बढी भीडभाड हुने र एकान्त स्थलहरूमा महिला प्रहरी अधिकृतको नेतृत्वमा सादा पोसाकका प्रहरी खटाइएको छ ।
सार्वजनिक सवारीसाधनमा हुने भीडभाडदेखि रुख–झाडीका छेउछाउ, सार्वजनिक स्थल, पैदल र सवारी रुटलाई केन्द्रित गरेर प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्