काठमाडौं, असोज २५
काठमाडौंको माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन गरिएको छ। बलात्कारविरूद्ध गीत पनि गाएर सिर्जनशील आन्दोलन गरेका हुन् । गीतमा ‘न त गल्ति मेरो थियो न त ठाउँको न लुगाको बलात्कारी होस तँ’, यो हो बलात्कार भन्दै मण्डला सडकमा नाच समेत प्रदर्शन भएको हो ।
शनिबार ‘अझै कति सहने ?’ बलात्कारीहरूलाई मृत्युदण्ड नदिई कडा भन्दा कडा सजाय दिनुपर्ने माग उनीहरूको छ । फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेका हुन्। उनीहरू सबैले बोकेका प्लेकार्डमा ‘नो मिन्स नो’ लेखेका थिए।कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।
बलात्कारी होस त! pic.twitter.com/U0jst9Clzr
— Neesha Bhandari (@NeeshaBhandarii) October 10, 2020
प्रतिक्रिया दिनुहोस्