काठमाडौं, असोज २९
काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार लगत्तै सुरक्षा गार्ड लडेको र उक्त प्रहार गर्ने अपरिचित व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।
बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेतले बताउनुभयो । हातमा चोट लागेका घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजीकार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्