जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ००:४९

एनएमबी बैंक बन्यो सेती जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता


काठमाडौं, कात्तिक २ । एनएमबी बैंक लिमिटेडले २५ मेघावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको सो जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दैछ। यस परियोजनामा एनएमबी बैंक लिमिटेड अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन्।

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रहेको छ। जसमध्ये बैंकहरुको लगानी कुल ३.५० अर्बको हुनेछ। यो आयोजनासमेत एनएमबी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।