जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ०८:१५

संयुक्त बल्खु सुमो पार्क सेवा सुरु


काठमाडौं, कात्तिक २

चाडपर्वका बेलामा यातायात सेवालाई सहज बनाउने उद्देश्यले बल्खु सुमो पार्क सेवा सुरु गरिएको छ । संघीय राजधानी काठमाडौंलाई बाग्मती प्रदेशको राजधानी हेटौडासँग जोड्ने यातायातको विकल्पको बनाउनका लागि सुमो सेवा सुरु गरिएको हो । संयुक्त बुकिङ काउन्टर,अनलाइन बुकिङ तथा बिलिङ सेवा समेत सुरु गरिएको छ ।

बल्खु सुमो पार्कको उद्घाटन गर्नुहुँदै प्रदेश ३ का भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुयाँलले कोरोना महामारीको समयमा चाडबाडलाई लक्षित गरि सर्वसाधारणको सहजताका लागि सेवा सुरु गरिएको बताउनुभयो ।

सुमो पार्क सेवाले कोरोना संक्रमणका बेला टिकट काट्नका लागि लाइन बस्न पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्दै उहाँले यातायातको क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि बाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्र र सरकारी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।

काठमाडौंको बल्खु स्थित नेपाल प्रध्यापक संघको जग्गालाई समितिले लिजमा लिई पार्क सञ्चालनमा ल्याइएसंगै करिब ४० वटा व्यवसायिक समितिहरुका ७ सय भन्दा बढि गाडीहरु अब एउटै समितिबाट चल्ने भएको हो । पार्कको उद्घाटन शनिबार बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले गर्नु भएको हो ।

मन्त्री फुँयालले छरीएर रहेका व्यवसायिक समितिहरुलाई एकिकृत गरी सञ्चालन गर्नु सहरानीय काम भएको बताउनुभयो । सरकारले भौतिक पूर्वाधारलाई विकासको मुख्य लक्ष्य बनाएर काम गरेको बताउनुभयो । उहाँले विस.२०७२ सालको भूकम्पले क्षेती पुर्याएका पुरातात्विक भवन तथा संरचनाको निर्माण तिब्र रुपमा भईरहेको बताउँदै पुरातात्विक महत्व बोकेको रानीपोखरी सञ्चालनमा आईसकेको खुलासा गर्नुभयो ।

सडक निमार्ण र व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताउँनुहुँदै उहाँले व्यवसायीहरुलाई मर्यादीत भई व्यवसाय सञ्चान गर्न आग्रह गरे । उहाँले मन्त्रालय व्यवसायीको पिर मर्काप्रति आफु चिन्तित भएको बताउनुभयो । यात्रु, व्यवसायी र मजदुरलाई समेत व्यवस्थित र मर्यादीत बनाउे उदेश्यले अधिकांश समितिहरुलाई समेटी पार्क सञ्चालनमा ल्याइएको जानकारी दिंदै संयुक्त बल्खु सुमो पार्क सञ्चालन समितिका अध्यक्ष दिपेन्द्र कार्कीले पार्क सञ्चालनबाट नेपाल सरकारले तोकिएको भाडादर भन्दा बढि लिने, यात्रु ठगिने र गन्तव्यसम्म पुग्न असुरक्षीत हुनुपर्ने अवस्थाको अन्त भएको बताउनुभयो ।

कार्यक्रममा पार्क निर्माणका समन्वयकर्ता तथा श्री कुमारी क्लब, बल्खुका पूर्व अध्यक्ष मोहन बस्नेतले अव्यवस्थित र अस्वस्थ्य प्रतिष्पर्धाको रुपमा सञ्चालित यातायातका समितिहरुलाई एकिकृत गरि एउटै समिति मार्फत सञ्चालनमा ल्याउँदा व्यवसायी, मजदुर र यात्रु तीनै पक्षलाई फाइदा हुने बताउनु भयो । यसले गर्दा व्यवसायीको लगानी सुरक्षीत हुने, मजदुरको रोजीरोटीको ग्यारेन्टि हुने, याुत्रले असुरक्षीत र ठगीएको महसुस गर्नु पर्ने प्रवृतिको अन्त्य भएको बताउनुभयो । उहाँले पार्कलाई नमुनाको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति तथा समितिका वरिष्ठ सल्लाहकार गुञ्जनमान सिंह बस्नेतले विभिन्न रुपमा छहरीएर रहेका समितिहरुलाई एकिकृत गरि सञ्चालनमा ल्याउनु आफैंमा चुनौति रहेको बताउँदै समितिले आगामी दिनमा व्यवसायी, यात्रु र जजदुर तीनै पक्षलाई मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पार्कमा टिकट काउण्टर, यात्रु बस्ने स्थान तथा प्रतिक्षलय, महानगरीय प्रहारी प्रभाग, बल्खुको कार्यालयलगायतका भौतिक संरचनाहरु निर्माण गरिएको छ । सो कार्यको समन्वय समाजसेवी मोहन बस्नेतबाट संभव भएको हो ।