जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ०८:२०

यूरोप फेरि कोरोनाको खतरामा, प्रतिबन्ध र कर्फ्यु आदेश जारी


बेल्जियम, कात्तिक २

यूरोपका धेरै सहरहरुमा कोरोना भाइरसको संक्रमण फेरि फैलने खतरा बढेपछि कडा प्रतिबन्ध देखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएका छन् । बेलायतमा दशौं लाख जनसंख्यालाई घर भित्र पनि जमघट गर्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।

त्यहाँको लण्डन, योर्क र एसेक्स शहरहरुमा संक्रमण बढ्ने खतरा देखिएपछि सतर्कता पनि बढाइएको छ । यसैगरी लिभरपुल म्याचेष्टर लगायत शहरहरुमा पनि संक्रमणको दोस्रो लहर भित्रन नदिन सतर्कताका प्रयास भइरहेको छ । यसैगरी फ्रान्समा राजधानी पेरिस सहित केहि ठूला शहरहरुमा रात्रिकालिन कर्फ्यू लगाइएको छ ।

अष्ट्रियाका विदेशमन्त्रीलाई पनि संक्रमण पुष्टि भएको छ । अमेरिका स्थित जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर तीन करोड ९० लाख बढी मानिसहरुमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने हालसम्म ११ लाख बढी मानिसहरुको मृत्यु भइसकेको छ ।