काठमाडौं, पुस २२ । सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गर्नुभएको छ । इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले आज न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उहाँको सहभागितामाथि प्रश्न उठाउनु भएको थियो ।
न्यायाधीश थापाको प्रश्नपछि प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को बस्न नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गर्नुभएको थियो । तर आफूमाथि प्रश्न उठेपछि न्यायाधीश कार्कीले इजलाशम नबस्ने निर्णय सुनाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्