जनता टाइम्स

२२ पुष २०७७, बुधबार १५:३९

पद त्यागेर प्रधानमन्त्री ओलीको पक्षमा उभिए सुदुरपश्चिमका अर्थमन्त्री बोहोरा


धनगढी, पुस २२

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराद्वारा पदबाट राजिनामा दिनुभएको छ । मन्त्री बोहरा पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको बताउँदै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिनुभएको हो । प्रचण्ड–माधव समूहको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले यसअघि पनि एक मन्त्रीलाई पदबाट हटाएका थिए ।