काठमाडौं, पुस २४
नेपाल राष्ट्र बैंकले भोलि पनि बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै शनिवार राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पुर्ण शाखाहरु खुला गरी पूर्णकालिन रुपमा नै राजश्व संकलन गर्न निर्देशन दिएको हो ।
त्यस्तै राष्ट्र बैंकले सरकारको राजश्व संकलनका लागि आरटिजीएस प्रणाली भोलि ‘नर्मल विजनेश डे’ संचालन हुने जनाएको छ । शनिवार बैंक तथा वित्तीय संस्थाहरु मात्रै होइन, करदाता सेवा कार्यलय, भन्सार कार्यालयहरु तथा आन्तरिक राजस्व कार्यालयहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्