जनता टाइम्स

२९ पुष २०७७, बुधबार २१:४५

कोरोनाविरुद्धको खोप नेपाल ल्याउन आयातकर्तालाई सरकारले खोलिदियो बाटो


काठमाडौं, पुष २९

कोभिड–१९ विरुद्ध खोपको आपतकालिन प्रयोगका लागि नेपाल ल्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई सरकारले बाटो खोलिदिएको छ । औषधि व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो ।

विभागको सूचनामा आयात गर्नका लागि औषधि ऐन २०३५ (तेस्रो संसोधन सहित) को दफा ९ (क) को कार्यान्वयनको लागि विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालिन प्रयोगको लागि दर्ता गर्न सकिने भनेको छ ।

यो दर्ता प्रकियामा भ्याक्सिन ल्याउन चाहने निजी आयातकर्ता र स्वास्थ्य सेवा विभाग अनिवार्य रुपमा सहभागी हुनसक्छन् । आयातकर्ताको छनौट उनीहरुको कागजपत्र र भ्याक्सिनको विवरण हेरेर गरिनेछ ।