जनता टाइम्स

८ माघ २०७७, बिहीबार १३:३९

भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपालमा, पाँच दिनभित्र प्रदेशमा पुग्ने


काठमाडौं, माघ ८।  भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ ।
भारतबाट आएको खोप हप्तार१० दिनमा लगाउन सुरु गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ ।

भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/ १० दिनमा खोप लगाउन सुरु गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताउनुभयो । बिहान ११ बजेर ५१ मिनेटमा भारतको एअर इण्डियाको जहाजबाट काठमाण्डौमा खोप ल्याइएको हो ।

कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो ।