जनता टाइम्स

८ माघ २०७७, बिहीबार १५:४८

दाहाल -नेपालको एकता फिल्मको कथा जस्तै : प्रधानमन्त्री ओली


काठमाडौँ, माघ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकता लामो समय नटिक्ने बताउनुभयो । दुई जनाको सम्बन्ध नेपाली फिल्मको कथाजस्तै भएको भन्दै उहाले व्यंग्‍य गर्नुभएको छ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘कोही कोहीले तमासा गरिरहेका छन्। हुँदै नभएको प्रेमलाई पनि औधी प्रेम भए जस्तो देखाइरहेका छन् । सिनेमा हिरो हेरोइनबीच प्रेम भएको देखाए पनि वास्तवमा भएको हुँदैन।’ अहिले आफूले पार्टीभित्र देशलाई हाँक्ने नेतृत्व खोजिरहेको पनि बताउनुभयो ।