काठमाडौँ, माघ १६ । विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधिसभा सरकारलाई काम गर्न नदिएकै कारण विघटन भएको बताएका छन् ।
सरकारले राम्रो काम गर्दा गर्दैपनि आफ्नै पार्टी भित्रबाट असहयोग बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको बताएका हुन ।
विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित खाडीमूलुकमा रहेका प्रवासी नेपाली मञ्च बहराईन लगायत विभिन्न राष्ट्रका ७ मञ्चले एक विज्ञप्ती जारि गदेै उक्त कुरा बताएका हुन ।
मञ्चले लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकाले ताजा जनादेश लिनका लागि हुने आमनिर्वाचनमा सहभागी हुन नेपाली जनसमुदायमा आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ – लोकतन्त्रको उपलब्धिका रुपमा अघि बढेका राष्ट्रिय गौरवका आयोजनाहरु, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुको स्तरोन्नती र निर्माण, जलविद्युत उत्पादनमा वृद्धि, थप आयोजनाहरुको घोषणा, सडक संजालको विस्तार तथा स्तरोन्नती, भूकम्पले क्षति गरेका संरचनाहरुका पुर्ननिर्माण, प्रधानमन्त्रि रोजगार कार्यक्रम र युवा स्वरोजगार कार्यक्रम मार्फत लाखौं युवाहरुलाई रोजगारी, छिमेकिहरु सँग सन्तुलिन सम्बन्ध, मिचिएको भुमि फिर्ताको पहल, सुन काण्ड, ललिता निवास प्रकरण जस्ता लुकाएर राखिएका भ्रष्टचारका घटनाको छानविन, व्यक्तिले हडपेका हजारौ विघा सरकारी जग्गा फिर्ता, सुकुम्बासीहरुलाई जग्गा दिने कार्यक्रमको शुरुवात, जेष्ठ नागरिक स्वास्थ्य बिमा, सबै पालिकामा कम्तिमा १५ शैयाको स्वास्थ्य केन्द्रको स्थापना, सातै प्रदेशमा औद्योगिक क्षेत्र, ग्रामिण औधोगिक क्षेत्र स्थापना, भिखारी रहित शहरको अवधारणा लगायत कयौं जनमुखि कामहरु गरिरहको सरकारलाई सहयोग गर्नुको सट्टा पाइला पाइलामा असहयोग गरिए पछि बाध्यात्मक अवस्थामा सम्माननिय प्रधानमन्त्री ज्यूले प्रतिनिधि सभा विगठन र ताजा जनादेश लिनको लागि गर्नु भएको निर्वाचनको घोषणाको प्रवासी नेपाली एकता मञ्च समर्थन गर्दछ । लोकतन्त्रमा सबैभन्दा ठुलो शक्ति र न्यायधिश जनता भएकोले आफ्नो नेतृत्वमा भए गरेका कार्यहरु लिएर जनता समक्ष जाने प्रधानमन्त्रि ज्यूको कदम प्रति साथ दिदै आशन्न मध्यावधि निर्वाचनलाई सफल पार्न र नेपालको समृद्धिको अभियानलाई निरन्तरता दिन सबै अनुरोध गर्दछौं ।














प्रतिक्रिया दिनुहोस्