सिन्धुली, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरे न्यायाधीशहरूलाई थुतेर सडकमा ल्याउने चेतावनी दिनुभएको छ ।प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध कडा अभिव्यक्ति दिँदै आएकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीले सर्वोच्च न्यायाधीशहरुलाई चेतावनी दिनुभएको हो । राष्ट्रपतिविरूद्ध अपशब्द प्रयोग गरेपछि झाँक्रीको मानसिक सन्तुलको प्रश्न उठिरहेकै समयमा उहाँले मंगलबार सिन्धुलीमा आयोजित कार्यक्रममा सर्वोच्चका न्यायधीशलाइ नै थुतेर सडकमा ल्याउने चेतावनी दिनुभएको हो । संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउछन् उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक मृत्युदण्ड दिनुपर्ने बताउनुभयो। निकै आक्रोशि हुँदै झाँक्रीले संसद पुनःस्थापना गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी नसच्चिए उनीहरु दुवैलाई देश निकाला गर्नुपर्ने समेत बताउनुभयो । उहाँको भाषण ब्यक्ती केन्द्रित बन्दै गएपछि कार्यक्रममा सहभागिहरुले भने उहाँमा राजतैतिक संस्कार नभएको बताएका छन् । उहाँमा कुनै संस्कारनै रहेन हाम्रा नेताहरुमा एक सहभागिले भन्नु भयो । यस्तो शब्द हाम्रो समाजलाई पच्दैन यि र यस्ता शब्द प्रयोग गर्ने कुनै मर्यादाको ख्याल समेत नराख्ने नेता नेता होइन र हुनपनि सक्दै सभामा सहभागिले बताउनुभयो ।
रामकुमारी झाँक्रीको धम्की : संसद् पुनर्स्थापना नभए न्यायाधीशलाई थुतेर सडकमा ल्याउछौं













प्रतिक्रिया दिनुहोस्